Madhyabindu News App
राजनीति

पदकबारे ओलीको व्यंग–आज बा, श्रीमीती र छोराछोरीको मुख हेर्ने दिन हो ?

Madhyabindu Online


A A- A+

काठमाडाैं –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको विभूषणका विषयमा आक्रोश व्यक्त गरेका छन् ।

सरकारले सातौं संविधान दिवसका अवसरमा सरकारले पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता स्वर्गीय मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक बाँडेकोमा आक्रोस पोख्दै ओलीले भने ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘आफ्नाहरूका लागि बाँड्नका निम्ति डाडुपन्युँ समातेका रहेछन्,‘किन राष्ट्रपतिबाट बाँडिरहनु पर्‍यो मान पदवी ? बनिरहेकै ठाउँबाट लैजाऊ ।’

उनले भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’ उनले अघि भने, ‘लजाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा ! बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

छुटाउनु भयो कि ?