Madhyabindu News App
राजनीति

विश्वप्रकाशको प्रस्ताव : राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, तीन पटक मन्त्री

Madhyabindu Online


A A- A+

काठमाडौं – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी महामन्त्री पदमा उम्मेदवारी दिन २४ बुँदे अवधारणापत्र अघि सारेका छन् ।

‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्दै शर्माले गृह जिल्ला झापाबाट २४ उम्मेदावारीका लागि २४ बुँदे अवधारणापत्र अघि सारेका हुन् ।

‘मेरो संक्षिप्त अपिल छ “हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन” । हामी जान्दछौं हरेक देशको राजनीतिले त्यो देशको हरक्षेत्रलाई प्रभावित र नेतृत्व गरेको हुन्छ, अतः राजनीतिमा परिवर्तनको अर्थ हुन्छ हर क्षेत्रमा त्यसको व्यापक सकारात्मक प्रभाव ।

हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सुत्रबद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं । यहि आग्रहका साथ २४ बुँदा छलफल र बहसका लागि प्रस्तुत गरेको छु ।’

उनले राजनीतिक छविमा पुनर्ताजगीको आकांक्षा, संविधान बनाउनेले संविधानप्रति इमान राखौं, राजनीतिक व्यवस्था ठीक छ अव्यवस्था अन्त्य गरौं भन्नेसहितका २४ अवधारणा अगाडि सारेका हुन् ।

वान, टु, थ्री, फोरको नारा दिँदै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।

आइतबार कार्यक्रममा उनले भने ‘यसो गरेमा राजनीतिमा उमेर हद तोक्दै पर्दैन ।’ यो व्यवस्था अनुशरण गरेमा शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने भन्दै शर्माले रचनात्मक प्रणाली हासिल हुने बताएका छन् ।

नेता शर्माले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताए । ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं’ उनले भनेका छन् ।

शर्माले भनेका छन् ‘जो जसले संविधान निर्माणमा सहकार्य गर्‍यौं, तिनैले यसको स्वामित्व नलिने र यसप्रतिको फरकमतलाई मुद्दा बनाउने हो भने त्यो जिम्मेवार राजनीतिको परिचय हुन सक्दैन ।’

नेता शर्माको प्रस्तावको पूर्णपाठ :

 

 

छुटाउनु भयो कि ?