Madhyabindu News App
खेलकुद

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

Madhyabindu Online फोटो क्यान


A A- A+

काठमाडौं – करण केसी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रेरणामा नेपालले ओमानमा भएको विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा घरेलु टोलीमाथि फराकिलो जित निकाल्दै सुखद अन्त्य गरेको छ।

सन्दीप र करणले समान चार विकेट लिएको खेलमा नेपालले आइतबार ओमानमाथि ७ विकेटको ऐतिहासिक जित निकाल्दै त्रिदेशीय शृंखलामा सुखद अन्त्य गरेको हो।

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दै राजीनामा दिइसकेका छन्। अलअमिरात क्रिकेट मैदानमा १ सय २२ रनको झीनो लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाई पूरा गर्दै यस शृंखलामा दोस्रो तथा विश्वकप लिग–२ मा चौथो सफलता निकालेको हो।

नेपालले त्रिदेशीय शृंखलाको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराउँदा दोस्रो खेलमा भने ओमानसँग पाँच विकेटको नै पराजय बेहोरेको थियो। तेस्रो खेलमा भने नेपालले अमेरिकासँग ६ विकेटको अप्रत्यशित हारको सामना गर्नुपर्‍यो। तर, ओमान भ्रमणको अन्तिम खेलमा जितसँगै नेपाल आठ खेलबाट ४/४ जित र हारसहित ८ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।

छुटाउनु भयो कि ?