Madhyabindu News App
समाज

इन्द्रावती ३ मा नेपाली कांग्रेसको आफ्नै भवन बन्ने

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको आफ्नै पार्टी कार्यलय भवन बन्ने भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा भएको १४औं महाधिवेशन बाट नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि एवं नेपाली कांग्रेस सिन्धु काठमाडौ सम्पर्क समिति प्रतिनिधिशभा क्षेत्र नम्बर २ का सभापति उद्धव बानियाँको पहलमा उक्त पार्टी कार्यलय बन्न लागेको हो।

पार्टी कार्यलय निर्माणका निम्ति युवा नेता बानियाँले एक लाख ५० हजार ५५५ रुपैया आर्थिक सहयोग गरेका छन् । त्यसै गरि उक्त वडाका कांग्रेस युवा नेताहरु ज्ञानल थापाले एक लाख ११ हजार १११ , भुपेन्द्र थापाले ५० हजार ५५५ , तेज बानियाँले २५ हजार १ रुपैयाँ ,सुवास तिरुवाले २० हजार ५ रुपैया र प्रदिप थापाले ५ हजार ५५५ रुपैया आर्थिक सहयोग गरेका छन्।

बानियाँले पार्टीलाई मात्रै नभई जनतालाई पनि यसरी नै सहयोग गर्ने गरेका छन्। बानियाँले केहि समय अगाडि आफ्नै कार्यलयमा ब्लड क्यान्सर पिडितका अभिभावकलाई बोलाएर उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।

नेपाली काङ्ग्रेसको संगठनका निम्ति सधै यसरी नै सहयोग गरिरहने बताउँदै सभापति बानियाँले आफुलाई कुनै पद को लोभ र लालच नभउकोले निस्वार्थ पार्टीको लागि आफ्नो बल बुद्धिले भ्याएसम्म निरन्तर लागिरहने बताएका छन् ।

हाम्रो नेपाली काङ्ग्रेसको वडामा आफ्नै भवनमा जानको निम्ति यो प्रारम्भिक सहयोग मात्रै भएको र बाकी सहयोग अझै गर्ने वचन बद्दता समेत रहेको बानियाँले बताए ।

वडा सभापति निर्वाचित भए लगत्तै खगेन्द्र बहादुर थापाले हाम्रो अहिलेको पहिलो प्राथमिकता पार्टीको लागि एउटा भवन निमार्ण गर्ने र त्यो काम लागि उपयुक्त जग्गा छनौट गरि कार्यलाई अघि बढाउने रहेको बताएका छन् ।

त्यस्तै क्षेत्रीय प्रतिनिधि ज्ञानल थापाले पनि अहिलेको अबस्था भनेको पार्टीको लागि एउटा भवन निमार्ण गर्नु आवस्यक रहेको बताए ।

241529003_287151059595182_603067597772770171_n.jpg

 

छुटाउनु भयो कि ?