Madhyabindu News App
समाज

आजदेखि लामोदुरिका अग्रिम ‘टिकट बुकिङ’ खुला

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम ‘टिकट बुकिङ’ खुला भएको छ । सरकारले आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ११ वटा ‘टिकट काउन्टर’ थप गरेको जनाएको छ । प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप जानकारी दिए । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने जानकारी दिए ।

छुटाउनु भयो कि ?