Madhyabindu News App
खेलकुद

क्यानका दुई पदाधिकारीले दिए राजीनामा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का दुई पदाधिकारीले राजिनामा दिएका छन् । उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका हुन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानबाट राजीनामा दिएका हुन् ।

दुई वर्षअघि निर्वाचित भएका श्रेष्ठ र प्याकुरेल दुवैले पदावधि नसकिँदै पदबाट राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्दै उनीहरुले क्यान नेतृत्वसँग कुनै छलफल नभएको बताएका छन् ।

राजीनामा घोषणा गर्न आयोजित कार्यक्रममा सचिव प्याकुरेलले आइसिसीबाट क्यानको निलम्बन फुकुवा भएको र बजेट लगायत सबै आउन थालेकाले आफूहरूको लक्ष्य पूरा भएकाले आफुहरुले राजीनामा  दिएको बताए।

छुटाउनु भयो कि ?