
मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो
काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बिक्री बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ खुल्ला गरेको हो ।
कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ ।
कम्पनीको आईपीओका लागि असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् ।
आईपीओमा सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका बिक्री शाखा कार्यालय वा मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।