Madhyabindu News App
राजनीति

कांग्रेस सभापतिमा उम्मेदवारी दिने महामन्त्री कोइरालाको घोषणा

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले मेलम्चीमा आयोजना गरेको शुभकमना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री कोइरालाले केन्द्रिय सभापतिमा उम्मेदवारी दिने बताएका हुन्।

कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी गर्दै कोइरालाले युवाहरूलाई कृषिमा आकर्षण बढाई आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न आफूले पहल गर्ने बताए।

उनले मेलम्चीमा गएको बाढीपहिरोप्रती ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन पनि दबाव दिने वचन दिए।

उक्त कार्यक्रममा जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै सिन्धुपाल्चोकका १०३ वडा मध्ये ९९ वडामा अधिबेशन सम्पन्न भैसकेको र बाँकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने तयारी गरिएको बताए।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापती आइतमान तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थितीमा शुभकामना आदान प्रदान तथा चियापान सम्पन्न गरिएको थियो ।

No description available.

 

 

छुटाउनु भयो कि ?