Madhyabindu News App
राजनीति

‘सत्ता र शक्तिको लोभमा देउवाले पार्टीलाई यो हालतमा पुर्‍याए’ – पौडेल

Madhyabindu Online


A A- A+

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हालतमा पुर्‍याएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार चितवनमा आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लोभमा अरु केहि नदेखेको बताए ।

‘सत्ता र पदभन्दा अरु केही पनि नदेख्‍ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छ’, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए ।

कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलवाड गर्न के सभापतिलाई अधिकार छ ?’, भन्दै पौडेलले देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको बताए ।

कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।

आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विचलित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ धकेल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए ।

छुटाउनु भयो कि ?