Madhyabindu News App
खेलकुद

साफ च्याम्पियनसिप : नेपालको ऐतिहासिक जित

Madhyabindu Online


A A- A+

काठमाण्डाै – नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।

खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् ।

खेलको नवौँ मिनेटमा नै नेपाल सुमोन रेजाको गोलमा पछि परेको थियो । त्यसपछि भने नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो । खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । तर, बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटसम्म पर्खनुपरेको थियो । नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

त्यसअघि ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्डको सामना गरेपछि बंगलादेश १० खेलाडीमा सिमित बनेको थियो । जिकोले पेनाल्टी क्षेत्रबाहिर आएर बल रोक्ने प्रयास गरेपछ उनले सिधै रातो कार्ड पाएका थिए ।

छुटाउनु भयो कि ?