Madhyabindu News App
समाज

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको टाउको छिनाले

Madhyabindu Online


A A- A+

काठमाडौं – दशैंमा मासुको विषयमा विवाद हुँदा सल्यानमा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै ३३ वर्षीय छोरा रुपलाल कवरको टाउको छिनालेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार धारिलो हतियार प्रयोग गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको हो ।

घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी मंगलबार राति करिब १० बजेतिर आफ्नै छोराको टाउको छिनालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्‍न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

छुटाउनु भयो कि ?