Madhyabindu News App
अन्तर्राष्ट्रिय

कुवेतका महिला पनि अब सेनामा भर्ना हुन पाउने

Madhyabindu Online गुगल फोटो


A A- A+

एजेन्सी – कुवेतका महिलाहरु पनि अब यहाँ सेनामा भर्ना हुन पाउने भएका छन् । कुवेतको रक्षा मन्त्रालयका अनुसार यहाँ सैनिक अधिकृत र जवानमा भर्ना हुन पाउने भएका हुन् ।

कुवेत सरकारले यहाँका महिलालाई सेनामा भर्ना खुला गरेको यो पहिलो पटक हो । मंगलबार रक्षामन्त्री हमाद जाबेर अल सबाहले महिलाहरुका लागि अब लडाकूका विभिन्न श्रेणी र अधिकृत तहमा पनि भर्ना खुला गरिएको जानकारी दिए ।

“कुवेतका महिलाहरुका लागि अब उनीहरुका दाजुभाइसँगै सैन्य सेवामा प्रवेश गर्ने अवसर दिने समय आएको छ,” रक्षा मन्त्रालयले जनाएको छ ।

कुवेतका महिलाहरुले २००५ देखि मात्रै मताधिकार पाएका हुन् । वर्तमान संसदमा महिलाहरु नभए पनि २००५ यता उनीहरुले संसद र सरकारमा उपस्थिति जनाइसकेका छन् ।

कुवेत सरकारको यो निर्णयलाई कुवेती महिलाहरुले ठुलै उपलब्धिको रुपमा लिएका छन् ।

 

छुटाउनु भयो कि ?