Madhyabindu News App
खेलकुद

साफ च्याम्पियनसिप : नेपाल र भारतबीच फाइनल भिडन्त हुँदै

Madhyabindu Online


A A- A+

काठमाडौँ – साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार रातिको खेलमा भारतले माल्दिभ्सलाई ३–१ ले हराएपछी आगामी फाइनलमा भारतको भेट नेपालसँग हुने भएको हो ।

भारतका लागि कप्तान सुनील क्षेत्रीले २ र मनवीर सिंहले १ गोल गरेका थिए । त्यस्तै माल्दिभ्सका लागि अली अस्फाकले १ गोल गरेका थिए । उक्त जितसँगै भारत ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।

बुधबारको अर्को खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेको पहिलो पटक हो ।

भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।

छुटाउनु भयो कि ?