Madhyabindu News App
मुख्य खबर​

मनकामना केबलकार दशैंमा दुई दिन बन्द हुने

Madhyabindu Online


A A- A+

चितवन – मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज महानवमी र भोलि विजया दशमीका दिन केबलकार गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

दुइदिन बन्द भए पश्चात केबलकारकार असोज ३० गते अर्थात विजयादशमीको भोलिपल्टदेखी पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

दशैंको बेला मनकामना मन्दिर दर्शन गर्न जानेहरुको केबलकारमा भिड लाग्ने गरेतापनी नियमित पुजाआजा तथा सामान्य मर्मतसम्भार गर्नकोलागी प्रत्येकबर्ष यो समयमा केवलकारबन्द गर्नेगरिएको कम्पनिले जनाएको छ ।

नेपालीहरुको आस्थाको धरोहरको रुपमा रहेको मनकामना दर्शन गर्न चाडपर्वको साथै अघिपछीपनी दर्शनार्थिहरुको भिड लाग्ने गर्दछ ।

छुटाउनु भयो कि ?