Madhyabindu News App
खेलकुद

साफ च्याम्पियनसिप फाइनल आज, नेपाल भारतसँग भिड्दै

Madhyabindu Online


A A- A+

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा शनिबार नेपालले भारतको सामना गर्दैछ।

शनिबार राति हुने भिडन्त नेपालका लागि सुनौलो इतिहास रच्ने भिडन्त हुँदैछ । पहिलो पटक साफ च्याम्पियनशिपको फाइनलमा पुगेको नेपालले एउटा इतिहास त राखिसकेको छ । तर महत्वपूर्ण इतिहास कोर्न बाँकी छ ।

नेपालले मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा भारतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजे शुरु हुनेछ ।

नेपाल यो महत्वपूर्ण घडीको सामना गर्न तयार देखिएको छ । कप्तान किरण चेम्जोङले भारतसँग गोर्खाली जसरी नै खेल्ने प्रतिक्रिया प्रिम्याच कन्फ्रेन्समा दिइसकेका छन् । कप्तान किरणले भने,  ‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ ।’

प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल मुताइरी भने सहभागी भएनन् । उनले नेपालका लागि यो नै अन्तिम सहभागीता जनाउँदैछन् । फाइनल पछि मुताइरीले नेपाली टिमको प्रशिक्षण छाड्ने घोषणा गरिसकेका छन् ।

सहायक प्रशिक्षक किरण श्रेष्ठले एउटा संकल्पका साथ नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने प्रतिक्रिया दिएका छन् ।

भारतीय टिमले पनि नेपाललाई कम आँकेको छैन । सहायक प्रशिक्षक शानमुगम वेंकटेशले भने, ‘नेपालले समूह चरणमा राम्रो नजिता निकालेको थियो ।  पुरै  टिम कन्फिडेन्स छ र मोटिभेटेड छ । खेल कठिन हुनेछ ।’

छ ।

छुटाउनु भयो कि ?