Madhyabindu News App
अन्तर्राष्ट्रिय

अफगानिस्तान विष्फोटमा मृत्यु हुनेको संख्या ३२ पुग्यो

Madhyabindu Online


A A- A+

एजेन्सी – अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् ।

शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् ।  घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

मस्जिदको मुख्य ढोकामा, मस्जिदको दक्षिण भागमा र प्रार्थनपछि हात धुने स्थलमा गरी तीन ओटा बिस्फोट भएको साँक्षीको भनाई उदृत गर्दै अफगान सञ्चार माध्यमहरुले जनाएका छन् ।

दोषीलाई कारबाही गरिने तालिवान सरकारका गृहमन्त्री क्वारी सइद खोस्तीले बताएका छन् ।

प्रार्थनको समयमा भएको उक्त बिस्फोटको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन् ।

छुटाउनु भयो कि ?