Madhyabindu News App
अन्तर्राष्ट्रिय

ब्रिटिश सांसदको छुरी हानी हत्या

Madhyabindu Online फोटो बिबिसी


A A- A+

एजेन्सी – ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ। उक्त घटनालाई प्रहरीले आतङ्ककारी हमलाको संज्ञा दिएको छ।

कन्जरभेटिभ सांसद सर डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी हानेको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ।

प्रहरीले चक्कु भेटेको र सो हत्याका लागि थप कसैलाई गिरफ्तार गर्न खोजी नगरेको बताएको छ। तर प्रहरीले लन्डनका दुई स्थानमा खोजतलास गरिरहेको बताएको छ। बिबिसी 

छुटाउनु भयो कि ?