Madhyabindu News App
राजनीति

नेकपा एसका केन्द्रीय सल्लाहकार एमालेमै फिर्ता

Madhyabindu Online


A A- A+

बुटवल – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फिर्ता भएका छन् ।

मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेको बताएका हुन् । उनलाई पूरानै पार्टी एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।

अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग पटक-पटक छलफल गरेका थिए । छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन् । ढकाल रुपन्देहीमा एमालेका पुराना र इमान्दार नेताको रूपमा चिनिन्छन् ।

छुटाउनु भयो कि ?