Madhyabindu News App
समाज

लक्ष्मी लघुवित्तले दियो मृतकको श्रीमानलाई बीमा रकम

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड बाहुनेपाटी शाखा कार्यालय सिन्धुपाल्चोक संस्थामा आवद्ध मृतक सदस्यको श्रीमानलाई कर्जा बीमा रकम हस्तान्तरण गरेको छ ।

शाखा कार्यालयको केन्द्र नं.४१ मा आबद्ध भई बचत तथा कर्जा कारोबार गर्दै आएकी मेलम्ची नगरपलिका वडा नं.१३ की पदम कुमारी डोटेल मृत्यु भएको हुँदा निजको श्रीमानलाई कर्जा बीमा बापत रकम रु . ३,१८,०००/- शाखा प्रबन्धक श्री कविता खत्री तथा शाखाको कर्मचारीले चेक मार्फत हस्तान्तरण गरेको हो ।

संस्थाले प्रदान गर्ने बिमा तथा अन्य सेवा सुविधा बारे प्रस्ट पार्दै शाखा प्रबन्धकले दिवंगत मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति समवदेना व्यक्त गरेका थिए ।

छुटाउनु भयो कि ?