Madhyabindu News App
मुख्य खबर​

मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घटाइँदै

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – सरकारले यही मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घटाउने भएको छ । विद्युत नियमन आयोगको सोमबार साँझ बसेको बैठकले मासिक २० युटिनसम्मको खपत निः शुल्क बनाउने निर्णय गरेको हो ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मंसिर १ गतेबाट लागू हुने विद्युत महशुल दर घटाउने निर्णय गरिएको जानकारी दिएकी हुन् ।

मन्त्री भुसालका अनुसार यसअघि प्रतियुनिट १२ रुपैयाँ रहेको विद्युत शुल्कमा १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ ।

आयोगले पछिल्लो पटक गरेको विद्युत् महशुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सोमबारको बैठकले सो व्यवस्थालाई १० युनिट थप गर्दै २० युनिट पुर्‍याइएको हो ।

छुटाउनु भयो कि ?