Madhyabindu News App
मनोरञ्जन

फुलन्देकी आमाको कारण ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुँदै

Madhyabindu Online


A A- A+

काठमाडौं – हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’को हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आउँदो साता अन्तिम एपिसोड प्रसारण गरर डेढ वर्षको लामो यात्रा समाप्त हुन लागेको सञ्चालक जितु नेपालले जानकारी दिएका छन् ।

“टिमको एकजनाले सल्लाह नै नगरी अर्को सोेमा गएपछि बन्द गर्नुपर्ने भएको हो । एउटै टिममा काम गर्नेहरूले खबरै नगरी यसो गरेपछि केही समय ब्रेक लिन लागेका हौँ,” उनले भनेका छन् ।

उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । जितुले अनलाइनखबरसँग भने–‘हुनत, म यो कार्यक्रमलाई बन्द गर्ने सोचमा नै थिएँ । सबै कलाकारलाई मायाको चिनो दिएर राम्रोसँग बन्द गर्ने सोचमा थिएँ । तर, उमेशजी अर्को शोको पनि होस्ट बन्ने हुनुभएछ । अब, दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्छ भन्ने पनि लाग्यो ।’

यो शोलाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले यो कुरामा सहमती जनाएपछि अर्को सातादेखि यो चर्चित कमेडी रियालिटी शो बन्द हुन लागेको हो ।

अहिले सिजन–२ को ५४औँ एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

छुटाउनु भयो कि ?