Madhyabindu News App
अन्तर्राष्ट्रिय

भागदौड मच्चिदा कम्तीमा ८ जनाको मृत्यु

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागदौड मच्चिदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौं घाईते भएका छन् ।

एजेन्सिका अनुसार भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको ह्दयघातबाट मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरु अत्तालिएका थिए ।

भिड बढिरहेका बेला र्‍यापर ट्राभिस स्कट आफ्नो प्रस्तुति दिइरहेका थिए । ७५ मिनेट लामो प्रस्तुति अवधिमा उनी धेरै पटक रोकिएका थिए। उनले भिड नियन्त्रण गर्न स्टेजबाट पटक पटक सुरक्षाकर्मीलाई आग्रह गरेका थिए ।

करिव ५० हजारको सहभागिता रहेको महोत्सवमा मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गराएको थियो ।

छुटाउनु भयो कि ?