Madhyabindu News App
समाज

अनलाइन ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ

Madhyabindu Online


A A- A+

काठमाडौं – समाजिक सञ्जाल लगायत विभिन्न अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डाै नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित साेमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

गुरुङले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।

ठगीको उजुरी र गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीन भवनबाट खटिएको प्रहरी टाेलीले विकासलाई काठमाण्डाैकाे गैरीधाराबाट रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङको समुहनै यस्तोकार्यमा सक्रिय हुनसक्ने आशंकामा थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि ?