Madhyabindu News App
खेलकुद

नर्वेलाई हराउँदै नेदल्याण्ड विश्वकपमा

Madhyabindu Online


A A- A+

काठमाडौं – नर्वेलाई हराउँदै नेदरल्याण्डले सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षीत गरेको छ । पराजयसँगै नर्वेले भने प्रतियोगितामा खेल्न नपाउने भएको छ ।

खेलको अन्त्यतिर स्टिभन बर्गविन र बार्सिलोनाका फरवार्ड मेम्फिड डिपायले गोल गर्दै नेदरल्याण्डलाई समूहको शीर्ष स्थानमा कायम राखेका हुन् ।

स्टार स्ट्राइकर अर्लिङ ब्राउट हालान्डको अनुपस्थितिले पनि नर्वेलाई ठूलो घाटा भयो । उता, टर्कीले मोन्टीनेग्रोलाई २-१ गोलले हराउँदै समूहको दोस्रो स्थानमा रहन सफल भयो ।

उता, बेल्जियमबिरुद्ध १-१ को बराबरी खेल्दै वेल्सले घरेलु मैदानमा प्लेअफ सुनिश्चित गरेको छ । विश्व नम्बर १ टोलीलाई केभिन डि ब्रुयनाले खेलको १२ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर ३२ औँ मिनेटमा केइफर मुरले बराबरी गोल फर्काका थिए ।

खेलको अन्त्यतिर वेल्सका नेको विलियम्सको प्रहारलाई बेल्जियमका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । समूह ईमा बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

छुटाउनु भयो कि ?