Madhyabindu News App
अन्तर्राष्ट्रिय

फ्रान्सले फेर्याे राष्ट्रिय झण्डा, धेरैले थाहा पाएनन्

Madhyabindu Online


A A- A+

काठमाडौं – फ्रान्सले आफ्नो देशको राष्ट्रिय झण्डा एकाएक परिवर्तन गरेको छ ।फ्रान्सको झण्डामा अब नीलो रङको स्थानमा फ्रान्सिसी क्रान्तिको प्रतीकको रुपमा चिनिने  गाढा नीलो रङ देखिने छ ।

झण्डामा अचानक बदलाब देखेर मानिसहरु अचम्मित छन् । झण्डामा बदलाबलाई लिएर राष्ट्रपति इमानुएल म्याक्रोंको कडा आलोचना भइरहेको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति म्याक्रोंले यो परिवर्तन सन् १९१४ मा भएको दोस्रो विश्वयुद्धका आफ्ना सैनिक र फ्रि फ्रान्स क्रान्तिमा भाग लिने आफ्ना स्वयमसेवकको स्मरणमा गरेको जनाएको छ ।

सन् १९७६ मा तत्कालीन राष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’स्टाइंगले युरोपेली संघको झण्डासँग सामन्जस्यता मिलाउनका लागि हल्का नीलो रंग प्रयोग गरेका थिए ।

 

छुटाउनु भयो कि ?