Madhyabindu News App
समाज

रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

Madhyabindu Online सांकेतिक तस्विर


A A- A+

काठमाडौं – रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घोराहीबाट थवाङ्ग जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका वडा नं. ४ तार्केबाङस्थित सहिद मार्गदेखि माडी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार बस करिब एक सय फिट तल माडी नदीमै खसेको थियो । बसमा १८ जना यात्रु सवार भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बस कसरी दुर्घटना भयो भन्नेबारेमा अहिलेसम्म जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बिहीबार साँझ सवा ६ बजेतिर बस दुर्घटना भएको हो।

छुटाउनु भयो कि ?