Madhyabindu News App
राजनीति

काग्रेस १४औै महाधिवेशन प्रतिनिधिमा कार्कीको उमेद्वारी

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल ट्रेड यूनियन काँग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष रहेका श्रमिक नेता तेजेन्द्र जङ्ग कार्कीले मंसिर ६गते सम्पन्न हुन गईरहेको काठमाडौं क्षेत्र नं ६ को क्षेत्रिय अधिवेशनमा नेपालि काँग्रेसको चौधौ महाधिवेसन प्रतिनिधिका लागि उमेद्वारी दिने जनाएका छन ।

विद्यार्थी राजनिति त्रिचन्द्र कलेजमा अध्ययनरत रहँदा २०४१ साल देखि सक्रिय कार्की ,पिपल्स क्याम्पस काठमाडौं ने वि संघको इकाई सचिव समेत रहेर काम गरेका थिए भने नेवि संघको वुटवलमा सम्पन्न महाधिवेसनका प्रतिनिधि समेत हुन् ।

जन्म स्थान स्याङ्गजा भई हाल स्थाई वसोवास काठमान्डौ टोखा नगरपालिका वडा नं ११ गर्दै आएका यूूवा नेता कार्की नेपाली काँग्रेस स्याङ्गजामा वुुथ प्रतिनिधि रहेर समेत कार्य गरेको अनुुभव छ ।

ट्रेडयूनियनको राजनिति खानेपानी संस्थानमा कर्मचारी नियूक्त भएकै वर्ष २०४७ साल देखि सदस्यता प्राप्त गरि सुुरु गरेका कार्की २०५० सालमा नेपाल खानेपानि कर्मचारी संघका अध्यक्ष,२०५० मै सार्वजनीक सेवा कर्मचारी संघ को महासचिव , २०५९ मा नेपाल ट्रेडयूूनियन काँग्रेस केन्द्रीय सदस्य, २०७४मा नेपाल ट्रेडयूनियन काँग्रेसको उपमहा सचिव हुँदै हाल केन्द्रीय उपाध्यक्षमा कार्यरत छन् ।

नेपाली काँग्रेस पाटिलाई श्रमिक मुुखि वनाई, वि पीको समाजवादलाई संस्थागत गर्नुु पर्ने वताउने सामाजिक कार्यमा सक्रिय, ट्रेड युनियनको राष्ट्रिय राजनितिमा राम्रो छवी वनाएका प्रभावशाली श्रमिक नेता कार्की नेपाली काँग्रेस १२ औ महाधिवेसनमा महा समिति सदस्य समेत भएका थिए ।

नेपाली काँग्रेसमा नविन विचार, चलायमान संगठन , समाजवादी चिन्तन को विकासका लागि यूवा तथा श्रमिकहरुको प्रतिनिधित्वको खाचो रहेको वताउने नेता कार्की श्रम शिपको विकास गर्दै देशलाई आत्मनिर्भरता तिर अगाडि वढाउन राज्य संचालन काग्रेसको नेत्रित्वमा हुुनुु पर्छ र काग्रेस आफै नेता भन्दा नितिमुुखि हुुनुुपर्छ र त्यस उदेस्यकै लागि आफुु लागि पर्ने भन्दै सम्पुुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई आफुुलाई महाधिवेशन प्रतिनिधिमा मतदान गर्न आह्वान समेत गर्दछन ।

परिवर्तनका संवाहक श्रमिकहरु आफ्नै पाटिमा समेत उपेक्षामा परेको महसुुसभएको मा नेपाल ट्रेड यूूनियन काँग्रेसले नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा देशै भरिवाट आफ्ना १००० महाधिवेशन प्रतिनिधि र सवै प्रदेशमा उल्लेख्य प्रदेश सभा प्रतिनिधि निर्वाचित गराई पार्टी नेत्रृत्वमा श्रमिक पक्षिय नेता पुु¥याउन पहल गर्ने समेत नेता कार्कीले जनाएका छन् ।

छुटाउनु भयो कि ?