Madhyabindu News App
राजनीति

काँग्रेस सिन्धुपाल्चोक २ को क मा गिरी विजयी

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – नेपाली काँग्रेसको सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा २ को प्रदेशसभा क मा केशवराज गिरी विजयी भएका छन् ।

प्रदेशसभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापति पदमा केशवराज गिरीले २११ मत प्राप्त गरी विजयी भएका हुन् भने प्रतिश्पर्धी देवप्रसाद बाँनियाले २०२ मत प्राप्त गरी ९ मतले पराजित भएका छन् ।

त्यस्तै उपसभापति पदमा ग्याल्बो तामाङले २२३ मत र बासुदेव लम्सालले १९७ मत ल्याएर विजयी भए । सोही पदमा उम्मेदवार बनेका अण बहादुर तामाङले १५६ मत र भिम बहादुर घलेले १७२ मात्रै ल्याए ।

सचिव पदमा भने छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरुले १९२ र १८५ मत प्राप्त गरे । सचिव पदमै उम्मेदवार भएका मानकाजी तामाङ र बिदुर भट्टराईले भने १८३ र १६४ मत प्राप्त गरे ।

सहसचिवको निर्वाचनमा २२८ मत ल्याएर पून्यप्रसाद घोरासैनी र २१२ मत ल्याएर सरोज न्यौपाने विजयी भएको काँग्रेस क्षेत्रिय सचिव वासुदेव अधिकारीले जानकारी दिए ।

यो सँगै सिन्धुपाल्चोकका चारवटै प्रदेशसभा निर्वाचनमा मोहन बस्नेतको नेतृत्वमा काँग्रेस संस्थापन पक्षको जित भएको छ ।

छुटाउनु भयो कि ?