Madhyabindu News App
मुख्य खबर​

सभामुख सापकोटा स्पेन प्रस्थान

Madhyabindu Online


A A- A+

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन् । यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा हुने अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेनगएका हुन् ।

बुधबार बेलुका ८:५० बजे चार जना सांसद् र संघीय संसद्का कर्मचारी सम्मिलित प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा अन्तर व्यवस्थापिका र स्पेनको संसद्ले आयोजना गरेको सम्मेलनमा भाग लिन मड्रिडतर्फ प्रस्थान गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख नेतृत्वको प्रतिनिधि मण्डलमा प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राईसमेत छन्।

यसअघि एड्भोकेसी फोरम, एम्नेस्टी इन्टरनेसनल नेपाल, बाँदरमुढे घटना पीडित समिति, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित साझा चौतारी, द्वन्द्वपीडित टुहुरा समाज, न्यायका लागि द्वन्द्वपीडित समाज, द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दी, जवाफदेहिता निगरानी समितिलगायत मानवअधिकारवादी २५वटा संस्थाहरूले सभामुख सापकोटालाई१४३औं सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न अन्तरव्यवस्थापिका संघलाई आग्रह गरेका थिए ।

बुधबार अन्तरव्यवस्थापिका संघका अध्यक्ष र स्पेनको परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै ती संस्थाहरूले सभामुख सापकोटामाथि ज्यान मुद्दामा नेपालमा अनुसन्धान भइरहेको भन्दै उनलाई सहभागी नगराउन आग्रह गरेका हुन्।

सभामुख सापकोटामाथि काभ्रेका अर्जुनबहादुर लामाको हत्या घटनामा संलग्नताको आरोप लागेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

 

छुटाउनु भयो कि ?