Madhyabindu News App
मुख्य खबर​

एकैपटक १० सचिवको सरुवा – को कहाँ ?

Madhyabindu Online


A A- A+

काठमाडौँ – सरकारले एकैचोटि १० जना सचिवको सरुवा गरेको छ ।सोमबार बसेको मन्त्रीपरिषद वैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

सरुवा भएका सचिवहरुमध्ये तीन जना सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएका छन् । उनिहरुले मंगलबार सरुवा पत्र बुझ्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो ।

मन्त्रीपरिषदको निर्णयनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । सो मन्त्रालयमा रहेका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ ।

यसैगरी शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समुहमा राखेर ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर पनि काम गरेका थिए ।

सो मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । उक्त मन्त्रालयमा रहेका शिक्षा तर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव भरतमणि सुवेदीलाई आयोगमा ल्याइएको छ ।

छुटाउनु भयो कि ?