Madhyabindu News App
सुदूरपश्चिम प्रदेश

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सकियो मतदान

Madhyabindu Online


A A- A+

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश कार्यसमिति चयनका लागि शनिबार भएको मतदान सकिएको छ । कुल एक हजार २६ मध्ये मा १००३ मत खसेको जनाइएको छ।

बिहान ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो ४ बजेर २० मिनेटमा मतदान सकिएको र १००३ मत खसेको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।

संस्थापन पक्षबाट सभापतिमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

केही समयमा दुबै पक्षसँग निर्वाचन समितिले छलफल गरेपछि मतगणना सुरु गरिने जनाइएको छ।

छुटाउनु भयो कि ?