नयाँ समाचार

सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको हेलम्बु गाउँपालिकाका रोजगार संयोजक शुभेच्छा आचार्यले बताइन।

आचार्यका अनुसार सेर्माथाङमा तीनदेखि चार इन्चसम्म हिउँ परेको छ। बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको उनले बताइन ।

यस क्षेत्रमा हिउँ परेसँगै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सबैलाई चिसोबाट बच्न आग्रह गरेका छन्। ‘हेलम्बु क्षेत्रमा भारी हिमपात भएको छ। अहिले देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात जारी छ,’अध्यक्ष शेर्पाले भने, ‘यो स्थानिय किसानको लागि खुसीको कुरा हो। चिसोबाट भने जोगिनुपर्छ।’

मुलुकका हिमाली क्षेत्र लगायत उच्च पहाडी भेगमा केही दिन अझै हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

No description available.

छुटाउनु भयो कि ?