Madhyabindu News App
मुख्य खबर​

मानविय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान

Madhyabindu Online


A A- A+

काठमाडौं – अफगानिस्तानमा परेको मानविय विपत्तिको सहयोगार्थ मानविय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ ।

आइतबार बिहान परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले  संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने बताए ।

मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा, भाँडाकुँडा समावेश रहेको बताए ।खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिए ।

छुटाउनु भयो कि ?