Madhyabindu News App
मुख्य खबर​

कोरोना नियन्त्रणमा सरकारको ३६ बुँदे नयाँ आदेश (पूर्णपाठसहित)

Madhyabindu Online फोटो रासस


A A- A+

काठमाडौं – सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोरोना भाइरसको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश, २०७८ जारी गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार नयाँ भेरियन्नट ओमिक्रोनसहित कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश २०७८ जारी गरिएको जानकारी दिएका हुन् ।

कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ नियमानुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ समान्तसम्म सञ्चालन गर्न पाइने छैन ।

मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने भएको छ ।

त्यस्तै सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा पच्चीस जनाभन्दा बढी हुन नहुने निर्णय सरकारले गरेको ।

छुटाउनु भयो कि ?