फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

कोइराला पक्षबाट कोही नपरेपछी मन्त्री कार्कीद्वारा सपथ बहिस्कार
विराटनगर – प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले आइतबार आयोजित नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा बहिष्कार गरेका छन्।
मन्त्रालय फुटाएरै भएपनि कांग्रेसबाट तीन जनाले नयाँ मन्त्री बन्ने अवसर पाउँदा सबै देउवा पक्षका परेपछी उनले असन्तुष्टि जनाउँदै मन्त्रि कोइरालाले कार्यक्रम वहिष्कार गरेका हुन् ।
कांग्रेसबाट नयाँ मन्त्री नियुक्त भएका शेखरचन्द्र थापा, ओमप्रकाश सरावगी र प्रतापप्रकाश हाङ्गाम संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसबाट मन्त्री बनेका कार्की कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला समूहका हुन् ।
मुख्यमन्त्री राईले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँगको छलफलपछि मन्त्रिमण्डल विस्तार गरेका हुन् । आफूलाई जानकारी नदिइकन मन्त्रालय विभाजन गरिएको मन्त्रीले कार्कीले बताए । बिना जानकारी मन्त्रालय विभाजन गरिएपछि आफू शपथ ग्रहणमा नगएको उनले बताए ।