Madhyabindu News App
विचार-ब्लग

संसद विघटनको मनस्थितीमा प्रधानमन्त्री ?

Madhyabindu Online भवनाथ आचार्य


A A- A+

एमसिसीको बिषय गिजोलिंदै र थप पेचिलो बन्दै गएपछी प्रधानमन्त्री शेर बहादुर देउवा संसद विघटन गर्ने मनस्थितीमा पुगेको सुचना बाहिरिएको छ ।

एमसिसीको बिषयमा सत्ता साझेदार दलहरुकै साझा धारणा बनाउन पटक पटक कोशिस गर्दापनी एक मत हुन नसकेको र अमेरिकाले बारम्बार एमसिसी अनुमोदनको लागी दबाब बढाउन थालेपछी प्रधानमन्त्री देउवा संसदनै भङ्ग गरेर निर्वाचन गराउने मनस्थितीमा पुगेको चर्चा राजनिती वृत्तमा चल्न थालेको छ ।

गठबन्धन पनि कायमै राख्नुपर्ने र एमसिसी अनुमोदन गर्नैपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री देउवाले गठबन्धको मात्र नभइ आफ्नै दलको समेत एमसिसीको बिषयमा साझा धारणा बनाउन सकेका छैनन् । गठबन्धन र एमसिसी दुबै बिषयमा कांग्रेसकै मत बाझिएको अवस्थामा अरु दललाई मिलाएर अघि लैजानु देउवाकालागी फलामको चिउरा चपाउनु सरह भएको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसिसीमा टेकेर सत्तारुढ गठबन्धन फुटाउने दाउमा देखिन्छ । त्यति मात्र होइन सभामुख फेर्निभए सदन सञ्चालनमा पनि सघाउने र एमसिसी अनुमोदनमा पनि सहयोग गर्ने बिषयलाई एमालेले अहिले आफ्नो राजनितिक एजेण्डा बनाएको छ । जुन यो गठबन्धन कायम रहँदा करिब असम्भव छ ।

यि सबै बिषयलाई मिहिन ढंगले हेरिरहेका प्रधानमन्त्री देउवा कुनैपनी संवैधानिक बाटो बाट संसद विघटन गर्न नमिल्नेगरी आफु संविधानको अन्तिम विकल्पबाट प्रधानमन्त्री बनेको र निर्वाचनको लागी अब कुनै अर्को सरकार नबन्ने कुरामा जानकार मात्र छैनन् संसद विघटन गरेर अघि बढ्दा गठबन्धन पनि कायम रहने र अमेरिकी दबाबलाई पनि संसद नहुँदा आगामी निर्वाचन पछीको संसदले एमसिसी अनुमोदन गर्ने भरपर्दो जवाफ दिन सजिलो हुने कुरामा विश्वस्त छन् ।

त्यतिमात्र होइन सत्तारुढ घटक मध्येकै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक मञ्चमै एमसिसी अलि पछी सार्नुपर्ने अभिव्यक्ति दिएको यो अवस्थामा देउवाले संसद विघठनको कदम चालेको खण्डमा अध्यष नेपालको मागको समेत उचित सम्वोधन भएको ठहरिने देखिन्छ ।

शिर्ष नेतृत्वबिच सहमतिको प्रयास भएको देखिएपनि एउटे दलको फरक समुहको फरक धारणा अनि एउटै दलको फरक समयमा फरक धारणा सार्वजनिक भइरहँदा आम नागरिकमा एमिससी प्रतिको नकारात्मक धारणाले बढि प्रभाव पारेको देखिन्छ ।

सरकारले आगामी बेशाख ३० गतेकोलागी स्थानियतहको निर्वाचनको मिति घोषणा गरेर आवश्यक तयारिसमेत अघि बढाइसकेको वर्मान परिप्रेक्ष्यमा बहुचर्चित एमसिसी परियोजनालाई जस्ताको तेस्तै पास गर्दा त्यसको सकारात्मक भन्दापनि नकारात्मक प्रभाव बढि पर्ने त देखिन्छनै यसको अलावा एमसिसी सँग सम्बन्धित हुन पुग्ने जुनसुकै रानितिकदलको लागी मुखैमा आएको निर्वाचनको प्रतिकुल परिणाम आउने कुरा पनि करिब सुनिश्चित नै छ ।

एमसिसी परियोजना सम्झौताको समयदेखि अहिलेसम्म विभिन्न दलले फरक फरक समयमा सरकारको नेतृत्व गरिसकेको वर्तमान अवस्थामा एक अर्कालाई दोषारोपण गरेर कुनैपनी दल यस परियोजनाबाट अछुतो रहनसक्ने अवस्थामा पुग्न अवश्यनै कठिन छ ।

यो एमसिसी परियोजनाको सवाल राष्ट्रियता सँग प्रत्यक्ष जोडिइसकेको वर्तमान अवस्थामा कुनै अमुक दल वा व्यक्तिलाई दोषारोपण गरेर आफु पन्छिन खोज्नुभन्दापनि आम नागिकको चाहना अनुसार हो वा होइन भन्ने बिषयमा मुलुकको नेतृत्व गर्ने प्रमुख दलहरुले साफा धारणा बनाएर अघि बढ्नुनै श्रेयस्कर देखिन्छ ।

यसलाई जति ढिलो गर्यो त्यसले राष्ट्रियताको सवाल झन कमजोर बनाउँदै जाने आम नेपाली नागरिकको बुझाई रहेको छ ।