Madhyabindu News App
हलिउड-बलिउड

सलमान खानसहित बलिउड स्टारहरु नेपाल आउने

Madhyabindu Online


A A- A+

काठमाडौं – बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् । उनी एउटा सांगितिक कार्यक्रममा सहभागी हुन आगामी वर्षको ३ वैशाखमा नेपाल आउने भएका हुन् ।

उक्त कार्यक्रममा सहभागी हुन सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना,  पार्श गायक गुरु लगायतका कलाकारहरु नेपाल आउन लागेका हुन् ।

रंगशालामा आउँदो बैशाख ३ गते सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । बलिउडका यी कलाकारहरुलाई लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो ।

यस सांगीतिक कार्यक्रम आयोजनासँगै नेपालको सुस्ताएको पर्यटन उकासिने अनुमान गरिएको छ । कोरोना महामारीका कारण नेपालको पर्यटन बजार चलायमान हुन सकेको छैन ।

छुटाउनु भयो कि ?