Madhyabindu News App
मनोरञ्जन

पल शाहविरुद्ध पक्राउ पूर्जी जारी

Madhyabindu Online


A A- A+

काठमाडौं – जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

तनहुँका प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले पीडित किशोरीको उजुरीमाथि अनुसन्धान भइरहेको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने छ ।

मुलुकी अपराध संहिताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेमा पनि जबर्जस्तीकरणी नै मानिन्छ । उक्त कसुरमा बढीमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

छुटाउनु भयो कि ?