Madhyabindu News App
अन्तर्राष्ट्रिय

आफ्ना नागरिकलाई रुस छोड्न फ्रान्सको आग्रह

Madhyabindu Online फाइल फोटो


A A- A+

पेरिस – फ्रान्सले बिहीबार आफ्ना नागरिकलाई युक्रेनमा मस्कोको आक्रमण तथा रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ।

“रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,“ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ।

मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ।

त्यहाँ धेरै कम उडानहरू रहेका र  जो मानिसहरूसँग रुसमा रहन बिलकुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्। फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ।

छुटाउनु भयो कि ?