अन्तर्राष्ट्रिय

रुसद्वारा बीबीसी लगायतका समाचार वेबसाइटमा प्रतिबन्ध

Madhyabindu Online


A A- A+

काठमाडौं – रुसले बीबीसी, ड्युच वेलेलगायतका विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाका वेबसाइटको पहुँचमाथि प्रतिबन्ध लगाएको छ युक्रेनमाथिको आक्रमणलाई लिएर झुटो जानकारी प्रकाशित गरेको भन्दै रुसले यस्तो कदम चालेको हो ।

रुसको सञ्चार वाचडगले बीबीसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्रि युरोप/रेडियो लिब्रटी, ड्युच वेलेलगायतका अन्य मिडियाका वेबसाइटहरु ब्लक गरेको बताएको हो ।

‘विदेशीहरूको स्वामित्वमा रहेका धेरै सूचना स्रोतहरूको पहुँचमा प्रतिबन्धित गरिएको छ’, रोस्कोमनाडजोर नामक रुसी वाचडगले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

एजेन्सी 

छुटाउनु भयो कि ?