अन्तर्राष्ट्रिय

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

Madhyabindu Online


A A- A+

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । छ सदस्यीय चिनियाँ उच्चस्तरीय टोलीको नेतृत्व गर्दै वाङ एक साताभित्र नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बताए अनुसार नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो ।

एमसीसी पारित गर्न नहुने भन्दै लबिङ गर्दै आएको चिनले एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्नसमेत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सम्पर्क गरेर एमसीसी पारित नगर्न दबाब दिएको थियो ।

चिनियाँ विदेश मन्त्रीले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले दबाबमा दिएको उपहार पनि लिन्छ ? भन्दै नेपाललाई भड्काइरहेका थिए । नेपालले एमसीसी पारित गर्ने विषयमा चीन र अमेरिकाबीच वाकयुद्ध नै चलिरहेको थियो ।

एमसीसी पारित नै भएपछि अब भने चीनले नेपालले यसअघि सहमति जनाएको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ लाई अगाडि बढाउनका लागि नेपाल आउन लागेको बुझिएको छ ।

 

छुटाउनु भयो कि ?