Madhyabindu News App
अन्तर्राष्ट्रिय

जापानमा ७.३ म्याग्नेच्युडको शक्तिशाली भुकम्प

Madhyabindu Online


A A- A+

काठमाडौँ – जापानमा शक्तिशाली भुईँचालो गएको छ । जापानको फुकुसिमाको तटीय क्षेत्रभन्दा बाहिर केन्द्रबिन्दु बनाएर ७ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि राजधानी टोकियोको केही क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ ।

जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।

भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

भूकम्पपछि झन्डै २० लाख  घरमा बिजुली अवरूद्ध भएको समाचार संस्था एएफपीले जनाएको छ।

फुकुसिमामा २०११ मा ९ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

छुटाउनु भयो कि ?