
प्रश्नपत्र छाप्न पैसा नभएपछि विद्यार्थीलाई स्वतः माथिल्लो कक्षामा लैजाने तयारी
एजेन्सि – प्रश्नपत्र छाप्ने कागज आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावपछि श्रीलंकामा राष्ट्रिय परीक्षा स्थगित गरिएको छ।
श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको हो ।
प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेको पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ। आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्राको अभाव भएको विभागको भनाइ छ।
श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए। तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ।