Madhyabindu News App
मनोरञ्जन

नेपाल आइडल सिजन-४ को विजेता बने भुपेन्द्र थापा

Madhyabindu Online


A A- A+

काठमाडौं – भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै थापा नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्।

यो उपधि हात पारेसँगै थापाले नगद २७ लाख ५० हजार रुपैँया र ट्रफी पाए।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।

छुटाउनु भयो कि ?