Madhyabindu News App
खेलकुद

मेलम्ची मेयर कप ब्याडमिन्टनको उपाधि श्रेष्ठ जोडीलाई

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले हात पारेका छन् ।

शनिबार सम्पन्न खेलमा राजन श्रेष्ठ र अभिषेक गुरुङ दोस्रो भएका छन् भने किसन दुलाल, राजकुमार तामाङ, पूर्ण बहादुर थापा र अजय तामाङ तेस्रो भएका छन् ।

प्रतियोगितामा जिल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै शुक्रबार भएको नगरतर्फको प्रतियोगितामा किसन दुलाल र दिपक दुलालको जोडी पहिलो, दीपेन्द्र दुलाल र राजु सापकोटाको जोडी दोस्रो भएका छन् । त्यसैगरी सिपी दुलाल र सुदर्शन दुलाल, भीमसेन डंगोल र रविन बोम्जनको जोडी तेस्रो भएका छन् ।

नगर स्तरीय खुला पुरुष डबल्स प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका अध्यक्ष कुमार सापकोटाले मध्यान्हलाई जानकारी दिए ।

विजेतालाई पुरस्कार वितरण गर्दै नगर प्रमुख डम्बर अर्यालले सीप र क्षमताको आधारमा प्रतियोगिता जितिने हुनाले निरन्तर मिहेनत गर्न आग्रह गरे । सिन्धुपाल्चोकमा ब्याडमिन्टन खेलप्रेमीहरू बढिरहेकोले यसको विकास गर्नु जरुरी रहेको अर्यालको भनाइ थियो ।

छुटाउनु भयो कि ?