Madhyabindu News App
खेलकुद

क्यानडा ३६ वर्षपछि दोस्रोपटक विश्वकपमा

Madhyabindu Online


A A- A+

काठमाडौं – फिफा विश्वकपको लागि सन् १९८६ पछि अर्थात ३६ बर्षपछी इतिहासमै दाेस्राेपल्ट क्यानाडा छनोट भएको छ ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४-० काे जितसँगै क्यानडा सन् १९८६ पछि पहिलोपल्ट विश्वकप क्यानाडाको लागी विश्वकपको ढोका खुलेको हो ।

केल लरिन र टाजाेन बुचाननले गाेल गरेपछि पहिलाे हाफमा क्यानडाले अग्रता बनाएकाे थियाे । दाेस्राे हाफमा जुनियर हाेलेटले गाेल गर्दा जमैकाका एड्रियन मारियाप्पाले आत्मघाती गाेल गरेका थिए ।

इतिहासमै दाेस्राेपल्ट विश्वकपमा छानिएपछि टाेरन्टाेस्थित बीएमओ  फिल्ड रंगशालामा भरिभराउ घरेलु समर्थकले ठूलो खुसियाली मनाएका थिए ।

अन्तिम चरणको खेल अगाडि क्यानडाले आफ्नाे स्थान सुरक्षित गर्दा सिधा छनोट हुने दुई स्थानका लागि मेक्सिको, अमेरिका, कोस्टारिकाबीच प्रतिस्पर्धा छ । अन्तिम चरणमा कोस्टारिका र अमेरिका तथा मेक्सिको र एल साल्भाडोरबीच प्रतिस्पर्धा हुँदैछ ।

छनोट प्रतियोगिताको शीर्ष ३ टोली कतारमा आगामी नोभेम्बर डिसेम्बरमा हुने फिफा विश्वकप खेल्नेछन् ।

छुटाउनु भयो कि ?