
मेलम्चि मेयर कप भलिवलको उपाधी आयोजकलाई
सिन्धुपाल्चोक – दुवाचौरमा सम्पन्न तेस्रो मेयर कपनगर स्तरिय भलिवलको उपाधी आयोजक योङ स्टार युथ क्लब मेलम्ची –७ ले जितेको छ।मेलम्ची –२ निबुगाँउ लाई सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जितेको हो।
त्यस्तै तेस्रो स्थानका लागि मेलम्ची –६ तालामाराङ तेस्रो भएको छ मेलम्ची –८ लाई सोझो सेटमापराजित गर्दै तालामाराङ तेस्रो भयो ।
बिजेतालाइ जिल्ला समन्वय समिती प्रमुखकृष्णगोपाल तामाङले पुरस्कार बितरण गरेका थिए । उनले खेलाडीले खेल मार्फत देशविशेषमा चिनाउने हिरो भएको बताउदै खेल क्षेत्र र खेलाडीलाई सधै सहयोग गर्ने बताए ।
मेलम्ची –७ का वड अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले वडाको तर्फबाट खेल क्षेत्रमा सधै सहयोग साथ रहने बताए ।
प्रतियोगितामा नगरका १३ टिम सहभागी थिए ।प्रथम हुनेले ७५ हजार दोस्रोले ३५ तेस्रो हुनेले १५ हजार र सान्त्वनाले५ हजार नगद र मेडल सिल्ड प्राप्त गरेका छ्न ।
उत्कृष्ट सटर आयोजकका रोशन तामाङ , उत्कृष्ट सेटर आयोजककै लोकेस तामाङ ,मेलम्ची –६ का संगम तामाङ नबोदित खेलाडी घोषित भएको आयोजक अध्यक्ष प्रेम तामाङले बताए ।