अन्तर्राष्ट्रिय

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन सिफारिस

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन सिफारिस भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको ह्वाइट हाउसले जनाएको छ ।

केही प्रक्रिया पूरा गरेपछि थप्सनले हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् । थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।

उनले मलेसियाको क्वालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए ।

छुटाउनु भयो कि ?