
खेलकुद
नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी(२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् ।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै खेल जितेको थियो ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि(२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’
सन्दीप लामिछानेले कप्तानी सम्हालेपछीको यो नेपालको यो पहिलो उपाधि हो ।