Madhyabindu News App
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा कांग्रेसका नवनियुक्त ३ मन्त्रीहरूले लिए शपथ

Madhyabindu Online


A A- A+

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। कांग्रेसबाट तीनजना मन्त्रीले शुक्रवार शपथ लिएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्।

यस्तै एकीकृत समाजवादीका प्रकाश रावललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाएर नयाँलाई नियुक्त गरिएको हो।

छुटाउनु भयो कि ?